२०८१ चैत्र १० गते आइतवार

रोल्पामा माटोको ढिस्को खस्दा ६ जना घाइते



२८ मंसि । रोल्पामा माटोको ढिस्को खस्दा ६ जना घाइते भएका छन् । घाइते हुनेमा परिवर्तन गाउपालीका ६ बस्ने वर्ष ६० को पञ्चमन घर्ती, सोही ठाँउ बस्ने वर्ष २९ का गन बहादुर थापा, वर्ष १४ का सुभास वि.क., वर्ष ४० कि प्रमिला वि.क., वर्ष १८ का प्रकाश बुढा र वर्ष ३९ कि अस्मिता बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।

परिवर्तन गाउपालीका ६ नाफेमा शहिदमार्गबाट वडा कार्यालय जाने मोटरबाटो खन्ने क्रममा माटोको ढिस्को खस्दा उनिहरु घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरिक्षक एवं प्रवक्ता राजकुमार बैदवारले जानकारि दिनुभयो । घाइतेको जिल्ला अस्पताल रोल्पामा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्