२०८१ चैत्र १० गते आइतवार

दाङमा छुट्टाछुट्टै मोटरसाईकल दुर्घटना हुदा २ जना घाइते



२८ मंसिर । दाङमा एकै दिन मोटरसाईकल दुर्घटना हुदा २ जना घाइते भएका छन् । पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको नम्बर नखुलको मोटरसाईकलले तुलसीपुर–८ कृष्णमन्दिरमा ठक्कर दिदा ५ बर्षका बालक मिलन खड्का घाइते भएका छन् । घाइते बालक तुलसीपुर–६ स्याउलीबजार निबासी तुलसीराम खड्काका छोरा हुन भने उनीअहिले कृष्णमन्दीरमा रहेको मामाको घरमा बस्दै आएका छन । ठक्कर दिए लगत्तै मोटरकासईकल र चालक भागेकालेको नम्बर खुल्न नसकेको प्ररहीले बताएको छ ।

ठक्कर दिएलगत्तै मोटरसाईल भागेको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । घाइते बालकसहित दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
उता तुलसीपुर बोर्डीङ चोकमा मोटरसाईकलले स्कुटीलाई ठक्कर दिदा तुलसीपुरको राप्ती प्रट्रोल पम्प निबासी २५ युवती घाइते भएकी छन् । रा २ प २८८७ नम्बरको मोटरसाईकले गुडिरहेको लु६६प ४३७१ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । घाईतेको तुलसीपुर उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्