२०८२ बैशाख १२ गते बिहिवार

सोमबारबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिने



२८ मंसिर । अमेरिकामा सोमबारदेखि सर्वसाधरणलाई कोरोना भाइरसविरुद्ध फाइजर भ्याक्सिन दिन सुरु गरिने अधिकारीहरुले बताएका छन्।

फाइजर र बायोएनटेकले संयुक्त रुपमा उत्पादन गरिरहेको भ्याक्सिनको आपतकालिन प्रयोगका लागि युएस फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसनले शनिवारमात्रै स्वीकृति दिएको थियो।

पहिलो चरणमा ३० लाख भ्याक्सिनहरुलाई विभिन्न राज्यहरुमा वितरण गरिनेछ। भ्याक्सिनको पहिलो डोज वृद्धवृद्धा, स्वास्थ्यकर्मी र आपतकालिन सेवामा कार्यरत कर्मचारीहरुलाई लगाइनेछ।

फाइजर भ्याक्सिन कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्