२८ मंसिर । नेपाल आयल निगमले डिजेल , पेट्रोल र मटितेलको मूल्य बढाएको छ । निगमले प्रतिलिटर डिजेल र मटितेलमा दुई रुयैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको हो । निगमले बृद्धि गरेको मूल्य शनिबार रातिदेखि लागू हुने जनाइएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा मुल्य बढाएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेल ९१ रुपैयाँ पुगेको छ । तर हवाई तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार