२७ कार्तिक,घोराही –
मानसिक बिरामीहरुको लागि दाङमा उपचार केन्द्रको भवन शिलन्यास गरिएको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको हेल्थ फाउण्डेशन नेपालले घोराही उपमहानगरपालिका वडा नम्बर ६ जजरागाउँमा एकीकृत सामाजिक मानसिक स्वास्थ्य केन्द्रको आज भवन शिलन्यास गरिएको हो । भवन निर्माण समितिका अध्यक्ष ऋषिराज जंगलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिको उपप्रमुख श्रीधर शर्मा पौडेलले भवनको शिलन्यास गर्नुभएको हो ।
मानसिक स्वास्थ्य समस्याका बिरामीहरु बढ्दै जाँदा उनिहरु सडकमा आउने अवस्था देखिएकाले उपचार सहितको एकीकृत मानसिक स्वास्थ्य केन्द्र बनाउन लागिएको फाउण्डेशनका प्रकाशनिक तथा वित्तिय एसोसिएट गिरीराज पौडेलले जानकारी दिनुुभयो । विषेशज्ञ डाक्टर तथा परामर्सकर्ताहरु परिचालन गरेर मानसिक स्वास्थ्य समस्या भएकाहरुको उपचार, परामर्श तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ जजरागाउँमा डेढ कठ्ठा क्षेत्रफलमा भवन निर्माणको काम शुरु गरिएको उहाँको भनाई छ । मानसिक बिरामीलाई भर्ना गरेर उपचार गर्न सक्ने क्षमताको एक तले १२ कोठे भवन बनाउन लागिएको पौडेलले जानकारी दिनुुभयो ।
एक करोड १७ लाख रुपैयाँको लागतमा बन्ने भवन निर्माणको जिम्मा शिद्धकुमाख विल्डर्स प्रालीले लिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले बढ्दो तनाबलाई मुक्त गर्दै मानसिक स्वास्थ्य स्वस्थ्य राख्न व्यक्तिले तनाबलाई सहित ढंगले व्यवस्थापन गर्नुपर्ने बताउनुुभयो । मानसिक समस्याकै कारण विभिन्न घटनाहरु हुने गरेको भन्दै उहाँले सडक मानबको समेत राज्यले जिम्मा लिएर उपचार गर्नुुपर्ने बताउनुुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले मानसिकरुपमा निरोगी बन्न तनाबलाई सहित ढंगले व्यवस्थापन गर्नु मुख्य उपाय हुने बताउनुुभयो ।
फाउण्डेशनका स्थानिय व्यवस्थापन समिति संयोजक भेषराज शर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण फाउण्डेशनका प्रकासनिक तथा वित्तिय एसोसिएट गिरीराज पौडेलले गर्नुभएको थियो । हेल्थ फाउण्डेशन नेपालले घोराही उपमहानगरपालिका सँगको सहकार्यमा मातृ तथा बाल स्वास्थ्य, पोषण, नसर्ने रोग, स्वास्थ्य क्लिनिक तथा विद्यालय स्वास्थ्य सम्बन्धी कार्यहरु गर्दै आएको छ ।।