२७ कार्तिक,घोराही –
कोरोना संक्रमणका कारण दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत घोराही १० का एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
कात्तिक १७ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएकी ४५ वर्षीया महिलाको आज बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाकेमा कोरोनाको उपचार गराउन पुगेका बाहिरी जिल्लाका ४ सय २९ जनाको मृत्यु भएको छ ।
यस्तै हिजो सम्मको तथ्याङ अनुसार दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३१ जना रहेकोे छ । जसमध्ये मध्य ३ जना आईसियू सहितको उपचारमा र २८ जना घरमै रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जानकारी दिएको छ ।।