२७ कात्तिक,घोराही –
तुलसीपुरमा धान ओसाउने पंखाले काट्दा एक बालिका गम्भिर घाईते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका१६ निवासी गीता परियारकी १६ महिनाकी छोरी सृष्टि परियार धान ओसाउने पंखाले काटेर घाइते भएकी छिन् ।
आमा सँग खेतमा गएकी बालीकालाई खेल्ने क्रममा पंखाले आँखामा काटेको हो । घाइते सृष्टिका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी राप्ती आँखा अस्पताल रक्षाचौरमा पुर्याईएको थियो ।
अस्पतालका नेत्र विशेषज्ञ डा सुरेश रसाइलीले बच्चाको आखाँमा गहिरो चोट लागेका कारण सल्यक्रिया गर्नुपर्ने भएको तर अस्पतालमा सल्यक्रिया गर्दा बेहोस बनाउने व्यवस्था नभएका कारण बालिकालाई भैरहवा आँखा अस्पताल रिफर गरिएको जानकारी दिनुभएको छ ।।