२०८१ मङ्सिर २४ गते सोमवार

भौतिक उपस्थितिमै देशभरका विद्यालय सञ्चालन



२७ कात्तिक,घोराही –
कोभिड–१९ का कारण बन्द भएको करिब ७ महिनापछि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन आएका छन् । पछिल्लो समय कोरोना संक्रमण घटेसँगै विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन थालिएको हो ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका अध्यक्ष टीकाराम पुरीका अनुसार दशैँ अगाडिसम्म देशभर ५५ प्रतिशत निजी तथा सरकारी स्कुल सञ्चालनमा आएका थिए ।

दशैँ, तिहार र छठ पर्व सकिएलगत्तै सबै स्कुलले भौतिक उपस्थितिमै पढाइ सुरु गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता माधवप्रसाद दाहालले बताउनुभएको छ । २८ हजार ८ सय ३३ सरकारी र ६ हजार ६ सय ८७ निजी गरी हाल देशभर ३५ हजार ५ सय २० वटा विद्यालय रहेका छन् ।।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्