२८ कार्तिक । लालमटियास्थित करिव १६ बिगाहा जमिनमा अवस्थित राप्ती प्राबिधिक शिक्षालयलाई स्थानान्तरण गर्ने भन्ने विभिन्न संचार माध्यमको समाचारप्रति अखिल (क्रान्तिकारी) राप्ती ब्युरोले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ९क्रान्तिकारी० राप्ती ब्युरो समन्वय समितिका संयोजक दिपक बिष्टको नेतृत्वमा राप्ती प्राबिधिक शिक्षालयमा
ज्ञापनपत्र बुझाउदै एक शैक्षिक सत्रमा करिब १२०० प्राबिधिक विद्यार्थी अध्ययन अध्यापन गर्ने उक्त शिक्षालय स्थानान्तरण गर्दा प्राबिधिक शिक्षा पठनपाठनमा आवश्यक भौतिक संरचना तथा पुर्वाधार आवश्यक जनशक्ति रातारात उपलब्ध नहुदा गुणस्तरीय प्राबिधिक शिक्षा प्रदान तथा आर्जन नहुने र कथित राजनीति अभिष्ट पूरा गर्न विद्यार्थीहरुको भविष्यमा कुठाराघात गर्ने गैरजिम्मेवार पुर्ण कार्य तुरुन्त रोकि शिक्षालयलाई यथास्थानमै संचालन हुने वातावरण बनाउन सम्वन्धित निकायलाई अनुरोध गर्नुभएको छ ।
ज्ञापनपत्रमा लेखिएको छ (यदि हाम्रो अनुरोधलाई बेवास्ता गरि शिक्षालयलाई स्थानान्तरण गर्न खोजिएमा हाम्रो संगठन कडा भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरि अघि बढ्न बाध्य हुने कुरा पनि जानकारी गराउदछौँ ।)