२०८२ बैशाख ९ गते सोमवार

सल्यानको बागचौर नगरपालिका मंसिर ५ गतेसम्म सिल



२८ कार्तिक । सल्यान जिल्लाको बागचौर नगरपालिकाका मंसिर ५ गतेसम्म सिल गरिएको छ। नगरपालिका क्षेत्रमा लक्षण सहितका कोरोना भाइरस संक्रमित देखापरेको भन्दै बिहीबार देखि मंसिर ५ गतेसम्म सिल गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकासहित वडा न २ को थारमारे बजार, बागचौर बजार, जिउला, खरिबोट बजार, शिक्षण संस्थाहरु, सरकारी तथा नीजि कार्यालयहरु, वित्तिय संस्थाहरु सिल गरिएको बागचौर नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। सूचनामा पूर्वमा शारदा खोला, पश्चिममा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै लस्तम अग्ला टाकुरा, उत्तरमा पाण्डल खोलाको टाट्के जाने बाटोको पुल र दक्षिणमा ठिनवाङ्ग खोला पुलसम्मको क्षेत्र सिल गरिएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्