२७ असोज,घोराही –
मुगुमा भएको बस दुर्घटना परि मृत्यु भएका मध्ये दश जनाको सनाखत भएको छ । रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहानीका अनुसार मृत्यु हुनेमा बस चालक ३५ वर्षीय दानबहादुर रावल, मुगुको छायानाथ रारा नगरपालिका–७ का १२ वर्षीय आशिष शाही, १३ वर्षीया सुदिक्षा बम, १६ वर्षीय भग बम, वडा नम्बर १ का १८ वर्षीय मञ्जु मल्ल, वडा नम्बर ८ का २२ वर्षीय सरोज बिताली र नविन बुढा छन्।
यस्तै उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु हुनेमा छायानाथ रारा–१ का चन्द्रप्रसाद भाम, वडा नम्बर ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट छन्।कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाउने एक जनाको पहिचान नखुलेको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । जिल्लाको छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित ३२ जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार २८ जनाको मुगुमा र चार जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जानको घटनास्थलमै र चार जनाको ताल्चा विमानस्थलमा मृत्यु भएको हो।सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस हिजो दिउँसो पिनागाउँमा दुर्घटना भएको हो ।।