बुटवल २७ ,असोज ।लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति डिल्ली बहादुर चौधरीलाई कोरोना पुष्टि भएको छ ।
नेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर ३( क) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ । उनलाई गएराति संक्रमण पुष्टि भएको हो ।लुम्बिनी प्रदेशका लेखा समितिका सभापति एवम् पूर्व श्रम राज्यमन्त्री समेत रहेका सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
तर स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ । यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रञ्जाकलाई कोरोना गएराति पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना परिक्षण गर्दा गयराती लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना पुष्टि भएको छ । सभापति रञ्जाकलाई अहिले भैरहवाको युसिएमएस कलेजमा भर्ना गरिएको छ ।