२०८२ बैशाख ९ गते सोमवार

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको फार्मेसी संचालनमा



 

२८ भदौ, होलेरी –
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको फार्मेसी संचालनमा आएको छ । रुन्टिगढि गाउँपालिकाको १२ लाखको आर्थिक सहयोगमा उक्त फार्मेसी सञ्चालनमा आएको हो। आज एक कार्यक्रमको आयोजना गरि रून्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले रिबन काटी फार्मेसीको उद्घाघाटन गर्नुभएको हो । फार्मेसीबाट स्वास्थ्य बिमा गरेका व्यक्तिलाई निशुल्क र अन्य विरामीहरूलाई सहुलियतमा औषधी उपलब्ध हुने भएको छ।

कार्यक्रममा प्रबक्ता जगत बहादुर घर्ती ,गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत वासुदेव भट्टराई , ५ नम्बर का वडा अध्यक्ष याम बहादुर दसौदी , गाउँपालिका स्वास्थय शाखा प्रमुख गणेश बुढा ,लेखा शाखा का गोपाल पोख्रेल ,अस्पताल का प्रमुख विशाल कवर,कर्मचारी लगायत को उपस्थिति मा कार्यक्रम सम्पन्न गरिएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका ब्यवस्थापन समितिका अध्यक्ष नेप बहादुर थापाको अध्यक्षतामा भयको कार्यक्रमको सहजीकरण प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका प्रशासन प्रमुख बुद्धिजीवी सेजुवालले गर्नुभएको थियो।।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्