२०८२ बैशाख ११ गते बुधवार

३८ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ



२८ भदौ,पर्वत — बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षे महिलालाई बलात्कार गरेको आरोप छ।

प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा ती महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित महिलाका दाजुले बलात्कार आरोप लगाउँदै गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागु हुने गरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । गोपनीयताका कारण दुवै पक्षको विवरण नखुलाइएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्