२८ भदौ,घोराही –
वनरक्षकका लागि बबई नदीमा अभ्यास गर्ने क्रममा एक युवकको डूबेर मृत्यु भएको छ । राप्ती गाउँपालिका–८ पिपरी निबासी १८ बर्षका आशिष चौधरीको दंगीशरण गाउँपालिका–३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडीने क्रममा डूबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
मृतक युवक शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए । चौधरीले वनरक्षकका लागि फर्म भरेका थिए । साथी संग मिलेर नदीमा पौडीखेल्ने क्रममा हिजो दिउसो ४ बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयमा प्रविधिक शिक्षा तर्फको डिप्लोमा इन अटोमोबाइल इन्जिनियर तेस्रो बर्षमा अध्यनरत थिए ।।