२०८१ चैत्र १३ गते बुधवार

घरमै गएर कोभिडविरुद्धको खोप लगाउन अदालतको आदेश



२९ साउन,घोराही –
सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै शुक्रवार यस्तो आदेश दिएको हो ।अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो ।

संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्ता आदेश दिएको हो ।।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्