२०८१ माघ २६ गते शनिवार

दाङमा आज थप २० जनामा कोरोनापुष्टि, ३३ जना निको



२९ साउन,घोराही –
दाङमा आज थप २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५२ जनामा गरिएको पिसिआर परिक्षणमा १० पुरुष र १० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका ९ जना, लमहीका ४ जना, तुलसीपुरका ३ जना, बबईका २ जना, शान्तिनगर र बंगलाचुलीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ४४ पुगेको छ । ति मध्य १ सय २० जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ८ जना रहेका छन् ।

यस्तै दाङमा ३३ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका २८, लमहीका ३, तुलसीपुरका २ जना रहेका छन् ।

आज थपिएका २० जना सहित बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ६ सय ६४ जना रहेको छ भने ८ हजार ३ सय ११ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय ९ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्