२९ साउन,घोराही –
राप्ती गाउँपालिका वडा नं १ को कार्यालमा हरेक महिनाको अन्तिम शनिवार आँखाको निःशुल्क उपचार गरिने भएको छ । लमही स्थीत नेपाल नेत्रज्योती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नंम्वर १ का अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनुभएको छ ।
हरेक महिनाको अन्तिम शनिबार आँखाको उपचार सेवा निःशुल्क निशुल्क गरिने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । निशुल्क रुपमा आँखा जाँच, चस्मा जाँच, चस्मा तथा औषधि, माइनर अप्रेसन तथा अन्य सेवाहरु दिईने उहाँले बताउनु भयो ।।