२०८१ चैत्र १० गते आइतवार

लुम्बिनी सरकारले क्यान्सर, मिर्गौला र मुटुरोगीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने



२९ साउन,घोराही –
लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला तथा मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रतिबिरामी २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बताउनुभयो ।

बैठकले कोराना हटलाइन एम्बुलेन्स सञ्चालन, कोरोनाको एन्टिजेन परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्ने, खोपलाई प्रभावकारी बनाउने, मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागका आधारमा एक÷एक थान प्रोटेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिमप्राप्त नर्स उपलब्ध गराउने निण्र्नय गरेको छ ।

त्यस्तै दाङका अमरबहादुर डाँगीलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने र लुम्बिनी प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । डाँगीले वैशाख २२ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको थियो ।।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्