२०८१ माघ ७ गते सोमवार

दाङमा कोरोना संक्रमणदर बढ्दो



२९ साउन, घोराही –
स्वास्थ्य सुरक्षाका सावधानीमा लापरबाही बढ्दै गएपछि दाङमा कोरोना संक्रमणदर उकालो लागेको छ । जिल्लामा पछिल्लो पाँच दिनको अवधिमा ९६ जनामा संक्रमित थपिएका छन । साउन २४ गतेदेखि साउन २८ गतेसम्म पाँच दिनको अवधिमा ९६ जना संक्रमित थपिएका हुन् ।

साउन २४ देखि २८ गतेसम्ममा ३०२ जनाका स्वाब परीक्षण गर्दा ९६ जना अर्थात करिब ३१ दशमलव ७८ प्रतिशतमा संक्रमण देखिएको छ । जिल्ला आपतकालिम कार्यसंचालन केन्द्र दाङको तथ्यांक अनुसार साउन २४ गते १५ जना, २५ गते १८ जना, २६ गते १७ जना, २७ गते २१ जना, र २८ गते २५ जनामा संक्रमण भएको देखिएको हो ।

पछिल्लो पाँच दिनलाई हेर्दा संक्रमणदरको दर निरन्तर उकालो लागेको छ । कोरोनाको दोसो लहरपछि संक्रमित घट्दै गएको अवस्थामा पछिल्लो समय फेरि सावधानीमा लापरबाही बढ्दै गएपछि संक्रमणदर उकालो लागेको हो ।।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्