२९ साउन,घोराही-
दाङमा लगातारको अविरल बर्षाका कारण घर भत्किएको छ । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनार निवासी रामु थारुको दुई तले कच्ची घर भत्किएको हो । रातभरि परेको अविरल बर्षाका कारण आज बिहान घर भत्किएको प्रहरीले जनाएको छ ।
घटना विहान भएको र सबै घर बाहिर रहेकाले मानवीय क्षति भने नभएको बताईएको छ । घर भत्किदा घर भित्र रहेको सम्पूर्ण सामान नष्ट भएको वडाध्यक्ष चित्रबहादुर वलीले जानकारी दिनुभयो । घरमा भत्किदा साढे दश लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो
।।
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार