२०८१ असार २ गते शनिवार

दाङमा पहिलोपटक साइकलका लागि छुट्टै लेन



३० जेठ, घोराही – दाङको तुलसीपुरमा पहिलो पटक साइकल यात्रुका लागि साइकल लेन निर्माण गरिएको छ । काठमाडौं, ललितपुर, पोखरा पछि दाङको तुलसीपुरमा छुट्टै साइकल लेन निर्माण गरिएको हो ।

युएनडिपीको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले पोखराबाट आएर तुलसीपुरमा छुट्टै साइकल लेन बनाइदिएको हो । राप्ती राजमार्गबाहेक तुलसीपुरको मुख्य बजारका विभिन्न सडकमा साइकल लेन निर्माण गरिएको छ।

तुलसीपुरको घोराही चोकदेखि त्रिशिद्देश्वरी मन्दिर हुँदै मदन आश्रित चोकसम्म, गुप्त मेडिकलदेखि १९ नम्बर बाहिनी चोकसम्म, तुलसीपुरका ‘ख’ र ‘ग’ लाइन जोड्ने भित्री सडकलाई साइकल अंकित चिन्ह राखेर छुट्याइएको छ।

दाङ साइकल सिटीका उपाध्यक्ष तथा तुलसीपुर साइकल सिटीका अध्यक्ष खुमबहादुर न्यौंपानेले लामो समयदेखिको आफू जस्ता साइकलप्रेमीको प्रयासले सानो आकारमा भए पनि सार्थकता पाएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्