२०८१ जेष्ठ ३१ गते बिहिवार

उपेन्द्र ‘आउट’ भएपछि अशोक ‘इन’, प्रचण्ड सरकारमा दुई मन्त्री थपिए



यस्तै जसपाबाट हसिना खान राज्यमन्त्री बनेकी छिन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका छन् ।

उपेन्द्र यादवले सरकार छाडेकै दिन अशोक राईको पार्टी विधिवत् रुपमा सरकारमा सहभागी भएर उनले नै सम्हालेको मन्त्रालय लिएको छ ।

उपेन्द्र यादव र उनको पार्टीका दीपक कार्कीले सोमबारै मन्त्रीबाट राजीनामा दिएका थिए । रिक्त भएका ती दुवै पदमा अशोक राई नेतृत्वको जसपाबाट पूर्ति गरिएको छ । त्यसो त यसअघि नै मन्त्री रहेका नवलकिशोर साह पनि अशोक राई नेतृत्वकै जसपामा सहभागी भएका छन् । समग्रमा पार्टी विभाजनपछि बनेको जसपाबाट प्रचण्ड सरकारमा तीन जना मन्त्री बनेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्