३० बैशाख,घोराही-लकडाउनको समयमा दाङका एक युवा मृत फेला परेका छन । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नोको स्थित जाल्पादेवी सामुदायीक वन भित्र मृत फेला परेको व्यक्ति स्थानिय ३३ वर्षीय खिम बहादुुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले जानकारी दिनुुभयो ।
मानसिक अवस्था ठिक नभएका बस्नेत बैशाख २१ गते मंगलबार घरबाट वेपत्ता भएका थिए । आज (बिहीबार) दिउसो हर्नोक बजार देखि करिव २ घण्टा तल पर्ने वनमा स्थानिय महिलाहरु घाँस काट्न गएको समयमा फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए । शवलाई पोष्टमाटमका लागि अहिले भरखरै राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही ल्याईएको छ ।।