२०८१ चैत्र १३ गते बुधवार

बिहीबार दाङका ५ जनाको मृत्यु



३० बैशाख,घोराह- आज (बिहीबार) दाङका थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ४ जना र घोराहीका १ जना कोरोनाका विरामीको मृत्यु भएको हो । जसमध्ये ४ जनाको संस्थागत आईशोलेशन र १ जना होम आईशोलेशन बसेका कोरोनाका विरामीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटि अस्पतालमा उपचाररत तुलसीपुर ७ का ६२ वर्षिय पुरुष र वडा नंम्वर १२ का ६७ वर्षिय पुरुष मृत्यु भएको हो । यस्तै राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर ८ का ३० वर्षिय महिलाको मृत्यु भएको छ ।

यता कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका एक संक्रमितको मृत्यु भएको छ । गत २४ गतेदेखि अस्पतालमा उपचार गराई रहेका तुलसीपुर १९ का ४९ वर्षिय महिलाको गएराति १ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

यस्तै होम आईशोलेशनमा बसेका घोराही ९ का ३३ वर्षिय पुरुषको होम आईशोलेनमै मृत्यु भएको हो । योसंगै बैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्