२०८१ चैत्र १० गते आइतवार

अमेरिकाद्वारा नेपालका लागि थप ३२ करोड बराबरको सहयोग



३० बैशाख,काठमाडौं । अमेरिकाद्वारा कोभिड–१९विरुद्ध लड्नका लागि नेपाललाई थप ३२ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ । अमेरिकी इन्डो–प्यासिफिक कमाण्डले कोभिड–१९विरुद्ध लड्नका लागि अक्सिजन प्लान्ट बनाउन, सिलिन्डर खरिद गर्न र भण्डारण ट्याङक आदि बनाउनका लागि थप सहयोग गरेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।

कमाण्डले सन् २०२० यता मात्रै नेपालका लागि ५८ लाख डलर भन्दाबढी सहयोग गरिसकेको जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी र विभिन्न अमेरिकी एजेन्सीले नेपालका लागि हालसम्म ५१ मिलियन भन्दाबढी सहयोग गरेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नु भएको छ । चीन, अमेरिकालगायत देशबाट सहयोग प्राप्त भइरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्