२०८२ बैशाख १० गते मङ्गलवार

दाङ सहित ७३ जिल्लामा निषेधाज्ञा (विवरण सहित)



३० बैशाख, घोराही – दाङ निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै देशका ६७ जिल्लामा पुर्ण र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।

नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा पुगेको छ ।

सरकारले पहाडी क्षेत्रमा दुई सय र तराई तथा शहरी क्षेत्रमा पाँच सय कोरोना संक्रमितको सक्रिय संख्या पुगेको अवस्थामा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाहरुको सल्लाह बमोजिम आबश्यकता अनुसार निषेधाज्ञा जारी गर्न सक्नेछन् ।।

हेर्नुस्, निषेधाज्ञा लागू भएका जिल्लाका विवरण :

 

 

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्