२०८१ माघ ७ गते सोमवार

तुलसीपुरमा असिनासंगै आएको हावाहुरीले तरकारीमा क्षति



३० बैशाख,तुुलसीपुुर-दाङमा मंगलबार परेको असिना पानी संगै आएको हावाहरुले तरकारी बालिमा क्षती पु¥याएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाका किसानले लगाएको तरकारीमा असिनाले क्षति पु¥याएको हो । हिजो दिउसो ३ वजेतिर परेको असिनासहितको पानी र हावाहुरीले तरकारी खेतिमा ठूलो क्षति पु¥याएको किसान शिशिर रावतले बताउनुुभयो ।
लकडाउनका कारण विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू मुखैमा आएको बाली असिनाले सखाप बनाएपछि निराश बनेका छन् । बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेति गरिएको छ ।

करिव ७/८ जना किसानले लगाएको टमाटर, खुर्सानी, भेडे खुर्सानी लगायतमा क्षति पु¥याउदा किसानहरु चिन्तित बनेका छन् । केहीले जग्गा लिजमा लिएर तरकारी खेति गरेका छन्, भने केहीले आफ्नै जग्गामा तरकारी खेति गरेका छन् ।
असिना पानीले गर्र्दा प्रति किसान ५ देखि ७ लाखसम्म क्षति भएको रावतले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्