२०८१ साउन ३ गते बिहिवार

मापसे गरी कार्यालय गएका मालपोत प्रमुख पक्राउ



३१ चैत,घोराही ।
मादक पदार्थ सेवन गरी कार्यालय गएका मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी कार्यालय गएका उनलाई कार्यकक्षबाटै प्रहरीले नियन्त्रणमा लिइएको हो ।

मादक पदार्थ सेवन गरी कार्यालय आएको र सेवाग्राहीको काममा ध्यान नदिएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को अनुसार खड्कामाथि कारबाही सुरु गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभएको छ ।

उक्त ऐनअनुसार मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा अशान्ति मच्चाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको छ । खड्का यसअघि पनि पटकपटक यही कसुरमा पक्राउ परी एक हजार जरीवाना तिरेर छुटेका थिए ।।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्