२०८१ साउन ५ गते शनिवार

टेकु अस्पतालले आजदेखि कोभिड बिरामीको मात्र उपचार गर्ने



३१ चैत,घोराही ।आज (मंगलबार)बाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाका विरामीको मात्रै उपचार गर्ने भएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले अस्पतालको अन्तरगंग सेवा अन्तरगत कोभिडका विरामीको मात्रै उपचार गरिने अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए ।

यद्यपी अस्पतालमा एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा भने यथावत रहने बताइएको छ ।

अहिले अस्पतालमा २० भन्दा बढी कोरोना संक्रमितहरु उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्