२०८१ साउन ५ गते शनिवार

कोरोना नियन्त्रणका लागि आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार



३१ चैत,घोराही । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढिरहेका बेला सरकारले नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ।

मन्त्रिपरिषद्‌‌को सोमबारको बैठकले स्वीकृत गरेको नयाँ स्वास्थ्य मापदण्ड मंगलबार सार्वजनिक गरिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। सोमबारको बैठकमा मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो।

स्वास्थ्यविज्ञहरुका अनुसार पछिल्लो पटक कम उमेर समूहमा पनि कोरोना भाइरसको संक्रमण देखा पर्न थालेको छ। स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको थियो। तर सोमबारको बैठकले यसबारे कुनै निर्णय गरेन।

नेपालमा फेरि लकडाउन हुन सक्ने आँकलनसमेत भइरहेका बेला सरकारको पछिल्लो निर्णय ९कुनै पनि क्षेत्र बन्द नगर्ने० ले तत्कालका लागि लकडाउनको भय हटेको छ। नेपालमा सोमबार मात्र ४ सय ९६ मा संक्रमण देखिएको थियो। पछिल्लो पटक १३ जना कोरोना संक्रमितको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्