२०८० फाल्गुन १८ गते शुक्रवार

सञ्चारकर्मी नेपालीको उपचारमा समस्या, परिवारद्धारा सहयोगको अपिल



२९ फागुन,दाङ

सञ्चारकर्मी भगवती नेपाली ‘भावुक’ लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । केही महिनायता अस्वस्थ भई उपचाररत नेपालीको रोग पहिचान तथा उपचार गर्दा गर्दै घरमा भएको सबै पैसा सकिएपछि उहाँको उपचारमा आर्थिक समस्या भएको छ । ‘शुरुवाती चरणमा रोग पहिचान गर्दागर्दै आफुसँग भएको सबै पैसा सकियो, अहिले छोरीको रोग पत्ता लाग्यो तर, आफुसँग एक सुको पैसा छैन, बिरामी छोरीको उपचार कसरी गर्ने भन्ने पिरले सताएको छ, भगवतीका बुवा शेरबहादुर नेपालीले भन्नुभयो ।

भगवतीलाई अहिले आमाशयको क्यान्सर भएको छ । निकै लामो स्वास्थ्य अनुसन्धानपछि उहाँको रोग पत्ता लागेको हो । अहिले जीवन र मृत्युसँग लडिरहेकी २६ वर्षीया भगवतीको थप उपचारका लागि रकम अभावमा उपचारमा समस्या भएको परिवारले जनाएको छ ।
दाङ, घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर रतनपुर घर भई हाल घोराही १४ मिलनचोक बस्दै आएकी भगवतीलाई नयाँ जीवन दिन सहयोगी मनलाई बुवा नेपालीले याचना गर्नुभएको छ ।

No description available.

‘उपचार गर्दा गर्दै आफुसँग भएको सबै पैसा सकिएको र घरमा आम्दानीको कुनै श्रोत नभएकाले छोरीको उपचारमा निकै समस्या परेको हुँदा यहाँहरुको सानो सहयोगले मेरी छोरीको जीवन बाँच्ने थियो भन्ने आशा गरेको छुु,’ बुवा नेपालीले भन्नुभयो । सहयोग गर्न चाहनुहुने महानुभावहरुले मोबाईल नम्बर ९८४९८८९१५२ र ९८०६३२९०५१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यस्तै, कामना सेवा विकास बैंक लिमिटेड घोराही शाखामा भगवतीका भिनाजु रमेश सार्कीको नाममा रहेको खाता नम्बर ०४०१४१००४८७२६१०००००१ मा आर्थिक सहयोग सकिने बताइएको छ । क्यान्सर रोगसँग जीवन मृत्युको संघर्ष गरिहरनुभएकी नेपाली घोराहीमा रहेको ईन्द्रेणी एफ एममा कार्यक्रम संचालन गर्दै आउनुभएको थियो त्यस्तै घोराही १५ मा रहेको भिएन क्याम्पस तेस्रो बर्षमा अध्ययनरत हुनु हुन्छ । बिरामी परेपछि उहाँ अहिले थलिनुभएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्