२९ फागुन,घोराही –
सरकारले नियमित खोप अन्तर्गत बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म बालबालिकालाई खोप लगाउने तयारी छ ।
१५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन् । टाइफाइडविरुद्धको खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई लगाइने योजना बनाएको खोप शाखाका प्रमुख दाहालले बताउनुभएको छ ।।