२०८० फाल्गुन १२ गते शनिवार

दाङमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ




२९ फागुन,घोराही –
दाङमा लेनदेन तथा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ विजौरी निवासी ५३ वर्षिय बयान बहादुर दमाई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मुकुन्द प्रसाद रिजालले बताउनुुभयो ।

उनलाई बाँके जिल्ला अदालतले २०७१ भदौ ५ गते चेक अनादर मद्दामा पाँच हजार जिरिवाना सजाय सहित एक वर्ष कैद सजाए तोकेको थियो ।

त्यसयता फरार रहेका दमाईलाई आफ्नै घरमा लिकीछिपी बसेको अवस्थामा अस्ती शुक्रबार दिउसो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो ।
पक्राउ परेका दमाईलाई आज दाङ जिल्ला अदालत घोराहीमा बुझाईएको उहाँले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्