२९ फागुन, काठमाडौं –प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसदले अवरोध गरेका छन् ।
पार्टीले उठाएको माग सम्बोधन नभएको भन्दै एमाले सांसदले विगत ६ महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका छन् । आजको बैठकका लागि दुईवटा कार्यसूची निर्धारण गरिएको छ ।
पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार