२०८१ असोज २४ गते बिहिवार

आजसम्म अस्पतालमा डाक्टर नआए सम्पूर्ण सेवा बन्द



२९ फागुन  ,सल्यान-
सल्यान जिल्ला अस्पतालले आजदेखि सेवा दिन नसक्ने जनाएको छ । अस्पतालमा डाक्टर नभएको दुई हप्ता भन्दा बढी भई सक्दा पनि प्रदेश र केन्द्र सरकारले आजसम्म पनि डाक्टर नपठाए पछि सेवा दिन नसक्ने अस्पतालले जनाएको छ ।

एक जना डा. को भरमा अस्पताल सञ्चालन हुँदै आइरहेको छ । एक्लै विगत १४ दिनदेखि २४ सै घण्टा सेवा दिदा आफै बिरामी पर्न थालेको एमडिजिपी डाक्टर अभिशेष सिंहले बताउनुभयो ।

ओपिडी, इमरजेन्सी, प्रसूति सेवा समेत एक्लै हेर्नुपर्ने भएकाले आजदेखि सेवा दिन नसक्ने उहाँको भनाई छ । प्रदेश मुख्यमन्त्रीलाई प्रत्यक्ष भेटेर नै अस्पतालमा तत्काल डा. उपलब्ध गराउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष सिपी वलीले बताउनुभयो ।

आफूहरूले पटक पटक डाक्टरहरूको माग गर्दा पनि प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्