२०८१ असार ३ गते आइतवार

पाँच वर्षसम्म पनि खरको छानोमुक्त गराउने अभियान पूरा हुन सकेन



२९ फागुन,घोराही – स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म पनि खरको छानोमुक्त गराउने अभियान पूरा हुन सकेको छैन । सुगम ठाउँका कतिपय नागरिकसमेत चुहिने छानोमुनि बस्न बाध्य छन् ।

केही स्थानमा भने काम अन्तिम चरणमा पुगेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ स्थित स्यालपानीमा १५ वटा घरमा अझै खरको छानो छ ।

वडा र नगरपालिकाको कार्यालयमा धाउँदा उल्टो खर्च भएको बताइएको छ । यसबाट जिविकोपार्जनका लागि दैनिक ज्यालादरी गरिरहेका स्थानीय निराश भएका छन् ।

स्थानीय तहले खरको छानोमुक्त पालिका बनाउने अभियान चलाए पनि वर्षायाम आउँदै गर्दा सयौं परिवार चिन्तित छन् । यता घोराहीमा पनि अवस्था उस्तै छ । जनप्रतिनिधिले भने बजेटको अभाव र कोरोना महामारीका कारण काम पूरा हुन नसकेको बताउने गरेका छन् ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्