२०८१ माघ २६ गते शनिवार

अमृतपुर खानेपानीमा लोकतान्त्रिक प्यानल विजयी




२९ फागुन,तुलसीपुर- तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लोकतान्त्रिक सयुक्त प्यानल विजयी भएको छ ।
संस्थाको नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त खरेलले १ हजार १ सय ६२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

उहाका प्रतिद्धन्द्धी सयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल (संगित)ले १ हजार ४१ मत प्राप्त गर्नुभएको थियो । खरेलले १ सय २१ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको समितिले जनाएको छ । खरेल संस्थाको अध्यक्षमा छैठौ पटक निर्वाचित हुनु भएको हो । यस्तैगरी अन्य पदहरुमा पनि खरेलकै समुह विजयी भएका छन् ।

जसमा उपाध्यक्षमा केशवराज सापकोटा, सचिवमा दशरथ वली, कोषाध्यक्षमा केशव बहादुर वली, सहसचिवमा कमला कुमारी अधिकारी, सदस्यहरुमा नर बहादुर वली, लाल बहादुर वली, अमृता शर्मा न्युरे, र सविता वली विजयी हुनु भएको निर्वाचन समितिका सुसील काफलेले जानकारी दिनुभयो ।

संस्थाको तिन हजार १ सय ४६ मतदाता रहेकोमा हिजो भएको मतदानमा दुई हजार तिन सय ६९ मत खसेको थियो । संस्थाको नयाँ नेतृत्वका लागी सहमती नजुटेपछि मतदान भएको हो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्