२०८१ चैत्र ६ गते बुधवार

फुर्सेखाली रनिङसिल्डको उपाधी बडहरा युथ क्लवलाई



२९ फागुन,घोराही ।
प्रथम फुर्सेखाली रनिङशिल्ड फुटवल प्रतियोतिाको उपाधी बडहरा युथ क्लवले हात परेको छ । फुर्सेखाली युथ क्वलको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिताको अन्तिम खेल आज नवलपुर खेल मैदानमा सम्पन्न भएको हो ।

बडहरा युथ क्लवले ववई फुटवल एकेडेमीलाई १ का विरुद्ध ४ गोलले पराजित गरेको हो । बडहरा युथ क्लवकातर्फबाट आशिस पुनले २ र आशिस जिसी र कपिल बुढाले १÷१ गोल गर्नुभएको हो । यस्तै ववई फुटवल एकेडेमीका तर्फबाट बादल योगीले १ गोल गर्नु भएको हो ।

क्लवका अध्यक्ष नोख घर्तिको अध्यक्षता तथा निर्माण व्यवसायी लुम्विनी प्रदेशका अध्यक्ष बलीभद्र राणाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी विजेता समुह बडहरा युथ क्लवलाई ५५ हजार नगद, मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको हो । यस्तै उपविजेता ववई फुटवल एकेडेमीलाई नगद २५ हजार, मेडल र प्रमाण पत्र प्रदान गरिएको हो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्