२०८१ फाल्गुन ४ गते आइतवार

साहित्यकार आर्टद्वारा लिखित ’जीवनमा खुसी खोज्दा’को विमोचन



२९ फागुन,घोराही।
साहित्यकार विष्णुप्रसाद पोख्रेल ’विष्णु आर्ट’द्वारा लिखित पहिलो कृति ’जीवनमा खुसी खोज्दा’ नामक आत्मकथाको आज विमोचन गरिएको छ । पोख्रेल समाजको आयोजनामा आत्मकथाको विमोचन गरिएको हो ।

समाजका अध्यक्ष टोपाराम पोख्रलको अध्यक्षता तथा साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा विमोचन गरिएको छ ।

उक्त पुस्तकको समीक्षा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सल्लाहकार एवं स्वर्गद्वारी प्युठान, दाङ देउखुरी समाजका सल्लाहकार पद्मंप्रसाद शर्माले गर्नुभएको थियो ।

समाजका सदस्य एवं लेखक विष्णु आर्टका छोरा मुस्कान पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वर्गद्वारी प्युठान, दाङ देउखुरी समाजका सचिव जी.वी.चिन्तनले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्