१ फागुन,घोराही – २७ औँ जनयुद्ध दिवसको सन्दर्भमा आज दाङका विभिन्न स्थानमा कार्यक्रम गर रक्तदान गरिएको छ । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) ले जिल्लाको घोराही र लमहीमा बेग्ला बेग्लै कार्यक्रम गरी जनयुुद्ध दिवसको अवसरमा रक्तदान आयोजना गरिएको हो । लमहीमा ३० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।
नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना संक्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिका अध्यक्ष अमरकवर (नविन)ले जानकारी दिनुभयो ।
यस्तै नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटिका उपाध्यक्ष बसन्त शर्मा (विक्रान्त)ले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्व लुम्बिनी प्रदेश कमिटि सदस्य रामप्रसाद घिमिरे, लुम्बिनी प्रदेश सल्लाहाकार चन्द्रप्रकाश शर्मा, नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) लमही नगर कमिटि उपाध्यक्ष गंगा पाण्डे, सचिव ओप्रकाश सुबेदी (सागर) लगायतले बोल्नु भएको थियो ।।