१ फागुन,घोराही –
दाङमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा घोराहीका ३ जना र तुलसीपुरका १ जना रहेका छन् । बैशाख यता १० हजार ४ सय ९९ जना निको भएका छन् । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ५१ रहेको छ । त्यसमध्य घरमा ४६ जना, सामान्य उपचारमा ३ र आईसियूमा २ जना रहेका केन्द्रले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार एक सय १५ जनाको नमुना परीक्षण गर्दा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ३५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १० जनाको ज्यान गएको छ । अहिले देशभर २२ हजार पाँच सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।।