२०८१ माघ १२ गते शनिवार

दाङमा एमसीसीका विरुद्धमा विरोध प्रदर्शन



१ फागुन,दाङ -दाङमा अमेरिकी सहयोग परियोजना एमसीसीका विरुद्धमा प्रदर्शन भएको छ । नेकपा एकिकृत समाजवादी पार्टी सम्बद्ध मोर्चा विभागले आज घोराहीमा अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा नभएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन घोराही चौक, दामोदर चौकबाट बैंक रोड हुँदै सहिदगेट भएर घोराही चौकमा पुुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मोर्चा विभाग दाङकी संयोगक मिना गुरुङले एमसीसी नेपालको हितमा नभएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने बताउनुभयो ।

उहाँले यदि एमसीसी पास भए अमेरिकाले नेपाललाई हस्तक्षेप गर्ने भन्दै एमसीसीमा भएका शैन्य रणनीतिका बँदाहरु अनिवार्य संसोधन हुनु पर्ने उल्लेख गर्नुभयो । विरोध प्रदर्शनमा सहमागीले एमसीसी चाहिदैन, राष्ट्रहित विपरितको एमसीसी खारेज गर भन्दै नारा लगाएका थिए ।

विरोध कार्यक्रममा नेकपा एकिकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेल्वासे, खेलकुद महासंघ समाजवादी लुम्बिनी प्रदेशका संयोगक डिल्ली डाँगी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण युवा संघ दाङका अध्यक्ष हरिस गिरीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्