२०८१ माघ ४ गते शुक्रवार

दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्‍यु



१ फागुन,घोराही- दाङमा सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । लमही उपमहानगरपालिका–२ स्थित बनकटुवा भन्ने स्थानमा रा १ ख २२३८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ५६ वर्षीया राममती चौधरीको मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्