२०८१ फाल्गुन ३ गते शनिवार

‘समय संवेदना’ बहस संगै कविता वाचन कार्यक्रम सम्पन्न




१ फागुन,घोराही।

घोराहीमा समय संवेदना नामक कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूह नेपालको आयोजना तथा अध्ययन समूह दाङ, दाङ युवा मञ्च र उदाउँदो पुस्ता दाङको सह-आयोजनामा पहिलोमा ‘समय संवेदना’ र दोस्रोमा कविता वाचन गरि दुई सेसनमा कार्यक्रम गरिएको हो । सत्ता र संविधान शिर्षकको वहसमा डा.अमर गिरि, शशिधर भण्डारी र अनिरुद्र गिरि सहभागी हुनुभएको थियो। बहसमा बोल्ने बक्ता हरुले देशलाई समृद्ध बनाउन सत्ता र संबिधानलाई सन्तुलित बनाउनुपर्नेमा जोड दिनु भयो। प्रमोद धिताल सहजकर्ता रहनुभएको उक्त सेसनमा सहभागीहरुले उठाउनु भएको प्रश्नको जवाफ तिनै जना वक्ताहरुले दिनुभएको थियो। आज भएको कार्यक्रमका अबसरमा दोस्रो सेसनमा एक दर्जन कवि/कवयीत्रीहरुले आफ्ना कविताहरु प्रस्तुत गर्नुभयो।

यज्ञबहादुर डाँगी, केशव थापा, क्षितिज मगर, छविलाल कोपीला, यम रेग्मी, दिपक समिर, सन्ध्या रेग्मी, चन्द्र जिएम, रमेश लम्साल, प्रेम प्रकाश, सुदृष्टि लक्ष्मी, श्रवण नेपालीले कविता वाचन गर्नुभएको थियो। उदाहरण समूह नेपालकी अभियानता आशा ओलि सहजकर्ता रहेको उक्त दोस्रो सेसनमा अधिकांश कविहरुका कविताले देशको समसामयिक परिवेशलाई चित्रण गरेका थिए। समुहका अभियान्ता घन्श्याम अस्तित्वको बिषय प्रवेशबाट सुरु भएको कार्यक्रममा दाङ युवा मंचका संयोजक समीर ओलिले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण समुहका अभियान्ता नबिन श्रेष्ठले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्