२०८१ चैत्र १३ गते बुधवार

दाङ उवासंघले स्थापना दिवस मनाउने



दाङ, १ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थापना दिवस मनाउने भएको छ । संघले यही आउदो चैत ९ गते स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउने भएको हो । संघको आज शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । बैठकले स्थापना दिवसमा आयोजना गरिने प्रतियोगीताहरुलाई व्यवस्र्थीत वनाउन वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलको संयोजकत्वमा ६ सदस्यीय मुल समिती गठन गरिएको छ । समितीको सदस्यमा सचिव नरेशकुमार श्रेष्ठ, सह कोषाध्यक्ष राजभक्त राना सदस्यहरु माधवप्रसाद खनाल, बिकास वली, विनोदप्रसाद पाण्डे रहेका छन् ।

त्यसैगरेर स्थापना दिवसको अवसरमा विभिन्न प्रतियोगीताहरुलाई व्यवस्र्थीत वनाउन उप समिती पनि गठन गरिएको छ । भलिवल प्रतियोगीतकालाई सचिव नरेशकुमार श्रेष्ठको संयोजकत्वमा सदस्यहरु विकास वली, विनोदप्रसाद पाण्डे र एकनारायण पौडेल रहेको उप समिती गठन गरिएको छ । फुटवल प्रतियोगीताकालागि सदस्य जगतप्रसाद आचार्यको संयोजकत्वमा जुद्धवहादुर घर्ति (जगत), माधवप्रसाद खनाल र बिकास वली सदस्य रहेको समिती गठन गरिएको छ । स्लोवाइक प्रतियोगीतका महिलाको लागि सदस्य देवकला वस्नेत र पुरुषका लागि ज्ञानबहादुर फौदारलाई जिम्मा दिएको छ ।
त्यसै गरि हाजिरी जवाफ प्रतियोगीताको लागि सदस्य भरतप्रसाद रेग्मीको संयोजकत्वमा सदस्यहरु एकनारायण पौडेल, विष्णुप्रसाद गौतम सदस्य रहेको समिती गठन गरिएको छ । घैटाफोड प्रतियोगीताका लागि सदस्य लिलाराम खडकाको संयोजक तथा सदस्य विष्णुप्रसाद रिजाल सदस्य रहेको समिती गठन गरिएको छ । यसै गरि कुर्सीदौड प्रतियोगीताका लागि विनोदप्रसाद पाण्डेलाइ संयोजक तोकिएको छ । रक्तदानका लागि सह कोषाध्यक्ष राजभक्त रानाको संयोजकत्वमा सदस्यहरु माधवप्रसाद खनाल र बिकास वली सदस्य रहेको समिती गठन गरिएको छ । उप समितीका संयोजकहरुले समितीलाई थप गरि विस्तार गर्न सकिने संघले जनाएको छ । बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्