२०८१ फाल्गुन ३ गते शनिवार

माघ पर्व र महटावाँ प्रथा



माघ पर्व अर्थात माघे संक्रान्ति सबै नेपालीहरुका लागि महत्वपुर्ण चाडपर्व हो । विशेष गरी यो पर्व परम्परागत सांस्कृतिक, धार्मिक र प्राकृतिक रुपमा पनि मनाइन्छ । प्राकृतिक परम्परा अनुसार कन्दमुलको रुपमा तरुल, सखरखण्ड,चाकु खाने दिनका रुपमा यो पर्व परिचित छ । परापुर्वकाल देखी जाडो फाल्ने भनेर घ्युसंग खिचडी खाने प्रचलन संगै माघे संक्रान्तिको दिन देखी जाडो कम हुदै जाने विश्वास गरिन्छ । माघ पर्व सबै नेपालीका लागि भएपनि विशेष गरी आदिवासी जनजाति र थारु समुदायका लागि विशेष महत्व र अन्य सबै पर्व भन्दा ठुलो पर्वको रुपमा माघ पर्वलाई लिने गरिन्छ ।

आफनो परम्परा र मौलिकताको रक्षागर्दै परापुर्वकाल देखी थारु समुदायले माघ पर्वलाई मुख्य संस्कृतिको रक्षा र विकासको लागि नाचगान सहित खानपिनलाई बढी महत्व दिदै धुमधाम संग मनाउने गरिन्छ । विभिन्न कला र संस्कृतिका धनी थारु समुदायका नयाँ पुस्ताले माघ पर्वलाई विशेष महत्व दिई बार्षिक उत्सवको रुपमा पनि मनाउदै आएका छन् । आफनो जातीय परम्परा अनुसार समाजमा सामुहिक रुपमा बसोवास गर्दै आएका थारु जाति आफनो भेषभुषा, संस्कृति परम्परा र रहनसहनमा रहेर यो माघ पर्व मान्ने गर्दछन् । यो समुदाय आफनो संस्कृति र रहनसहनको रक्षागर्दै माघी पर्वलाई थप परिमार्जन गरेर मनाउने अभियानमा पनि थालेका छन् । माघलाई थारु जातिले नया ँबर्षको रुपमा पनि मनाउने गर्दछन् ।

सोही दिन पुर्व झापादेखी पश्चिम कञ्चनपुर तथा भित्री मधेस गरी २५ जिल्लामा रहेका थारु समुदायले धुमधाम संग यो पर्व मनाउदै आएका छन् । थारु समुदायले माघलाई विशेष महत्वका साथ खुसीयाली बाड्दै आफन्तजनको जमघटमा मिठामिठा परिकार बनाएर खाने साथसाथै आफु भन्दा ठुला संग आर्शिवाद लिनुका साथै कला र सांस्कृतिक पहिचान दिलाउँछन् ।

थारु समुदायले पाँचदिन सम्म थारु मघौटा नाचगान सहित रमाइलो गरी माघ पर्व मनाउने प्रचलनलाई कायमै राखेका छन् । यसका अलावा पछिल्लो समयमा यस पर्वको अवसरमा आफ्नो खास गोत्रको पहिचानको अभियानमा लागेका छन् । विगतमा आफ्ना गोत्र अर्थात गोत्यारहरु आफ्नो उर्वरभूमि दाङवाट विस्थापित गराइएपछि गोत्यार बीचको सम्वन्ध टुटेको थियो । अहिले पुन ः जोड्नको लागि विभिन्न गोत्यारका सम्मेलनहरु पनि यसै माघ महिनामा विशेष महत्व दिइएको छ ।

पुस महिनाको अन्तिम तिर माछा मारेर खाई औपचारिक रुपमा माघ भित्र्याउँछन् । दोस्रो दिन सुङगुर, बंगुर काटेर खाने र साँझको समयमा सबै थारु समुदायका व्यक्तिहरुले गाउँको महटावाँको घरमा रातभरी जाग्राम बसी धुमरु गित गाउँछन् । अर्कोदिन माघे संक्रान्ति अर्थात माघ १ गतेकादिन बिहान नाचगान गर्दै नजिकैको खोलामा स्नान गर्दछन् । स्नानपछि फर्केर ३ थरीका बस्तुहरु चामल, नुन र मासको गेडा –निस्राउ चेलिवेटीको नाममा चढाई माघलाई औपचारिकता प्रदान गर्छन् ।

तर विडम्वना, थारु समुदायलाई पनि फुटाऊ र राज गर भन्ने प्रवृति भएकाले थारु समुदायको पुख्र्यौली धनमाथी आक्रमण गरी अप्रवासीको रुपमा पु¥याए । राज्यले दिने अधिकारवाट सधै बञ्चित यो समुदायका बालिबालिका देखी युवा प्रौढ सम्मलाई बधुवा मजदुरको रुपमा जमिन्दारहरुले आप्mना घरमा राख्ने परम्परा थियो । अहिले यो परम्परा हटिसकेको छ । अघिल्लो बर्ष राखेका कमैया, कम्लहर छुटने र नयाँ बर्षका लागि राखिने कमैया, कम्लहरको मोलतोल जमिन्दारले टोक्ने कु प्रथाको अन्त्य भैसकेको छ ।

आर्थिक रुपले थारु समुदाय कमजोर भएपनि सामुहिकताको भावना, इमान्दारिता र श्रमप्रति यो समुदायको विश्वास भने कायमै रहेको छ । आफ्नो श्रमप्रति विश्वास गर्ने, कसैको अपराध नगर्ने जातिको रुपमा पनि यो समुदायले नेपाली समाजमा आफ्नो परिचय दिइसकेको छ ।
थारु भाषा, संस्कृति पहिचानको विकासमा थारु समुदायले एैतिहासिकता वाट पाठ सिक्दै बचाउनका लािग दृढता कायम गरेको छ । थारु समुदायले आफनै गणप्रथा भित्रको नयाँ बार्षिक उत्सवको रुपमा पनि मनाउने गरिन्छ । यो समुदायले माघ पर्वलाई बार्षिक उत्सवको रुपमा मात्र नभई राष्ट्रिय महत्वको चाडका रुपमा मान्दै आएका छन् ।

तराई प्रदेशको पश्चिम क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका थारुले मुख्यपर्वको रुपमा यस पर्वलाई लिने गर्दछन् ।े समानता र लोकतान्त्रिक पद्धति अनुसार आगामी वर्षदिनका लािग गाउँगाउँमा बडघरिया – गाउँको (मटावाँ) गाउँको मुली, चिरकिया – गाउँको पुजारी, चौकिदार–गाउँको हुलाकी आदि सर्वसम्मत रुपमा चुन्ने प्रचलन छ । यस्ता अगुवा, पुजारी, हुलाकी चुन्ने प्रक्रिया लोकतान्त्रिक विधि मार्फत चुन्ने प्रक्रिया इतिहासकाल देखी नै अपनाउदै आएका छन् ।
गाउँको महटावाँ प्रथा एक देखी दशबर्ष सम्म एउटैले चलाउने गरेको देखिन्छ । सरकारको आर्थिक बर्ष असार सम्म हुन्छ भने थारु समुदायको माघ महिना सम्म हुन्छ । थारु समुदायको संस्कार संस्कृति लोकतान्त्रिक विधि र कार्यपालिका आफनै किसिमको रहेको छ । थारु जातिले संचालन गर्दै आएको महटावाँ प्रथा पनि शाहीशासन कालमा खोसिएको थियो । नेपालमा फेरि लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै मटावाँ प्रथा झन् विकसित भएकोे देखिन्छ । नेपालमा चलेकोसशस्त्र द्धन्दको सकारात्मक परिणाम अनुसार गाउँघरमा रहेका महटावाँ प्रथाले गाउँका स—साना झगडा मिलाउने देखि विकास निर्माणका काममा समेत सहभागिता जनाउदै तीब्र विकासको अभियानमा लागेको पाइन्छ ।
नेपालमा संविधान छ तर थारु समुदायलाई यो संविधानले अझै राम्रो संग छोएको छैन । थारु समुदायको समाजमा आफ्नै मुल््य, मान्यता र मौलिकताको कानुन छ । देश संघिय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको प्रक्रियामा छ । तर राज्यले थारुजातिको ३३ कोटीका देवता छन् भन्ने थाहा हुदाँहुदै पनि कानुनी अधिकार भने अझै दिन सकेको छैन ।
यदि राज्यले थारु समुदायलाई हकअधिकार नै दिने हो भने सजिलै संग स्थानियतहमा नेतृत्वदायी भुमिका निभाउन सक्छन् । जस्को उदाहरण महटावाँ प्रथालाई लिन सकिन्छ । थारु समुदायको बाहुल्यता रहेको समाजमा राज्यको आँखा पुग्न सक्ने हो भने स्थानिय सरकार संचालनमा महटावाँ प्रथाको महत्वपूर्ण भूमिका रहेको छ भने थारु महटावाँ र थारु समुदायले सजिलै संग सरकार चलाउन सक्ने क्षमता पनि उत्तिकै छ ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्