२०८१ फाल्गुन ४ गते आइतवार

कुशल चालक मिट्ठुको सँझनामा खाद्यान्न वितरण



२९ पुस,घोराही । कुशल चालकका रुपमा रहनुभएका मिट्ठु पोख्रेलको सँझनामा उहाँका अभिभावकहरुले बुधबार घोराहीमा रहेको बृद्धाश्रम र अपाङ्ग संघमा खाद्यान्न र फलफूल वितरण गर्नुभएको छ ।
घोराही लमही सडक खण्ड अन्तरगत गोग्ली भन्दा केही पर भएको दुर्घटनामा उहाँको निधन भएको थियो । मिट्ठुका बुवा गुरुप्रसाद पोखरेल, आमा बालिका पोखरेल, उहाँका भिनाजु रामप्रसाद आचार्य, छोरा प्रविन पोखरेल, छोरी प्रजया पोखरेल र धर्मछोरा कुमार उप्रेतीले बृद्धाश्रम र अपाङ्ग संघमा पुगेर सामग्री प्रदान गर्नुृुभएको थियो ।

बृद्धाश्रममा भएको कार्यक्रमा त्रिशिद्धेश्वरी यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगी, व्यवसायी नारायण चालिसे लगायतले चामल, दाल, तेल, घिउ, विस्कुट र फलफूल प्रदान गर्नुभएको थियो । यस्तै अपाङ्ग संघमा आयोजना गरिएको कार्यक्रममा नेपाल अपाङ्ग संघ खगेन्द्र जीवन केन्द्रका अध्यक्ष शरद अधिकारी, उपाध्यक्ष रुपा वलीलाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा एभरेष्ट इन्सोरेन्स प्रालि घोराहीका प्रमुख डा. लोकराज पराजुली, मिठ्ठुका वुवा गुरुप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्