२०८१ असोज २४ गते बिहिवार

के छ माघे सक्रान्तिको महत्व ?



२९ पुस , दाङ। माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परादेखि नै मनाउँदै आएको मूख्य चाड हो ।

अहिले सबै जसो समुदायले यो पर्व मनाउँछन् । यो माघ महिनाको पहिलो दिन पर्दछ। बजारमा माघेसक्रान्तिको रौनक छाएको छ । चाकु, पुष्टकारीका प्याकेट प्रशस्तै देख्न सकिन्छ ।

किनकी योसमय धेरैको घरमा चाकु पुष्टकारी पुगेको हुन्छ । यस्तै, तरुल बन तरल, सखरखण्ड, सिमल तरुल लगायत विभिन्न कन्दमुलहरु उसिनेर पकाएर खाने चलन भएकोले बजारमा धेरै जसो यिनै चिजविज देख्न पाइन्छ ।

देशका प्रमुख बजार केन्द्रहरुमा किनमेलको भिड लाग्छ । कोरोनाको त्रासबाट मुक्त हुँदै मानिसहरु किनमेलमा झुम्मिएका देखिन्छन् ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति भनिन्छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि ९साउने संक्रान्ति० र मकर राशि ९माघे संक्रान्ति० प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।

यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

देशको अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम पनि हो । बिशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्व –माघ १ अर्थात माघे संक्रान्ति ।
थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउँछन् । राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँदै आएका छन् ।

नेपालका सबै समुदायको पर्व माघेसक्रान्ति साझा पर्व भएको छ । साझा चाड भएकोले सरकारले सार्वजनिक विदा समेत न्छि । निजि फर्म उद्योग तथा कार्यलयहरु पनि विदा हुन्छ ।

विशेष हर्षोल्लासका साथ मनाइने यो पर्व तरुल, सखरखण्ड लगायत फलफूल तथा पुष्टकारी पक्वान मिष्ठान्न भोजन गरी मनाउँछन् । देशका विभिन्न स्थानका धार्मिक क्षेत्रहरुमा मेला समेत लाग्छ । सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।

थारुको माघी महान पर्व थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।

माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारु समुदायमा ‘माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गरिन्छ ।
त्यस्तै, किराँतको नयाँ वर्ष माघे संक्रान्तिसँगै भोलिबाट सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले सोमबार धुमधामका साथ किराँत नयाँ वर्ष मनाउँछन् ।

किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको छ ।

प्रकाशित मिति : २०७७ पुष २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्