२६ मंसिर, दाङ – हाइपर फण्डका बारेमा जिल्ला प्रहरी कार्यालय दाङले कानुनले अनुमती नदिएका कुराहरुका पछि नलाग्न सर्बसाधारणलाई आग्रह गरेको छ । कानुनले बर्जित गरेका कुराहरु गर्दा ब्यक्तिलाइ हानी नोक्सानी हुन सक्ने भन्दै यस्ता अबैध कुराहरुबाट टाढा रहनुपर्ने प्रहरीको भनाई छ ।
यस बारेमा प्रहरीमा आधिकारिकरुपमा अहिलेसम्म कसैले गुनासो नगरेको र गलत र कानुनले रोकेका कुराहरुमा सर्बसाधारण आफै सजग हुनुपर्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुुभयो ।उहाँले जिल्लामा यस प्रकारको कुनै पनि गतिविधि भएको सम्बन्धी गुनासो वा उजुरी नपरेका तथा केन्द्रबाट पनि कुनै सर्कुलर जारी नभएको बताउनुुभयो ।
प्रहरीले यसअघि लटरी चिट्ठा परेको भनेर अवैध धन्दा गर्नेहरुमाथी निगरानि बढाउने गरेको भन्दै कानुनलाई चुनौती दिनेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनि कारबाही गरेको बताउनुुभयो। समाजमा कोही व्यक्ति आफु पीडित भएँ भनेर नआउँदासम्म सबै यथार्थ जानकारी दिन कठिन हुने रिजालको भनाई छ ।।